बिस्का: जात्राको रथले किचेर एक जनाकाे मृत्यु

भक्तपुर, १ बैसाख । बिस्का: जात्राको क्रममा भक्तपुरमा आइतबार एक जनाकाे मृत्यु भएकाे छ ।

जात्राकाे रथले किचेर घाइते भएका उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका वडा नं ४ निवासी अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको हो ।

उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल इटबू वस्ने गरेका थिए ।