पोखरा थन्डर्स एनएसएलको प्लेअफमा
काठमाडौँ, २ वैशाख । पोखरा थन्डर्सले मङ्गलबार जित्नै पर्ने खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले हराएर तेस्रो नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुगेको छ ।
दशरथ रङगशालामा खेलको १० औँ मिनेटमा पोखराका आयुष घलानले गोलको खाता खोले । समिर तामाङको क्रसमा डिबक्सभित्रबाट आयुषले फ्रिहेडरमार्फत् गोल गरेका हुन् । उत्तरार्धको १३ औँ मिनेटमा पोखराले अग्रता दोब्बर पार्यो । पोखराका कप्तान नवयुग श्रेष्ठले कर्नरमा विलियम बियासीले हेड गोल गरी पोखरालाई आरामदायक स्थितिमा पुर्यो । आजको खेल बुटवल लुम्बिनीका मनिष इनर्जेटिक प्लेअर र पोखराका आयुष प्लेअर अफ दि म्याच घोषित भए ।
wपोखरा जितसँगैतेस्रो स्थानमा उक्लेको हो । पोखराले छमध्ये दुई खेलमा जित, दुईमा बाराबरी र दुईमा हार वेहोरेर आठ अङक बनाएको छ । गत विजेता काठमाडौँ रेजर्स पनि आठ अङकमा छ । तर गोल अन्तरले काठमाडौँ चौथो स्थानमा छ । अब उपाधि रक्षा अभियानलाई कायम राख्न काठमाडौँले धनगढी एफसी र एफसी चितवनबिचको खेल कुर्नुपर्नेछ । सो खेलमा काठमाडौँले धनगढीको जितको कामना गर्नुपर्नेछ । बुटवल छमध्ये पाँचमा हार वेहोर्यो । उसले झापा एफसीसँग भने बराबरमा खेलेको थियो । सोही एक अङकसहित बुटवल लुम्बिनी घर फर्किने भएको छ ।