सन्तोषी लन्डन म्याराथनमा दौडने
काठमाडौँ, ४ वैशाख । लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले देशको शान बढाउने गरी उच्च प्रर्दशन गर्न सन्तोषीलाई सफलताको शुभकामना दिए । यही बैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।