तेक्वान्दो खेलाडी अदिशले जापान र अस्ट्रेलियामा खेल्ने
काठमाडौं, वैशाख ७ गते । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो र अस्ट्रेलियामा हुने २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय प्रतियोगतामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अदिशले १७ वर्ष मुनि इन्डिभिजुयल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । जापान वाटा ओपन वैशाख १२ देखि १४ गते तथा गोल्डकोस्ट ओपन २०२५ वैशाख २१ र २२ गते हुनेछ । अदिश बिहिबार जापान प्रस्थान गर्नेछन् ।
अदिशलाई आइतबार उनी अध्ययनरत नामी इन्टरनेसनल कलेजले कार्यक्रमको आयोजनासहित विदाइ गरेको छ । नामी इन्टरनेसनलका प्रध्यानाध्यापक अनिशा पाण्डेले लगायतले दुवै प्रतियोगतामा अदिशको सफलताको शुभकामनासहित विदाइ गरेका हुन् ।
अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।