प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित
काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनिएकाे सम्बोधन स्थगित भएको हाे ।
बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
संसद्को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरिएकाे थियाे ।