एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन
काठमाडौँ १२ वैशाख । सशस्त्र प्रहारी बलको एपीएफ क्लब शनिबार नेपाल पुलिस क्लबलाई १–० ले हराएर प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इन्जुरी समयमा गीता रानाको हेड गोलले एपिएफलाई बिजयी बनाउन सफल भयो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।
फाइनलमा उत्कृष्ट खेलाडी एपीएफकी गिता राना घोषित भइन । पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर, एपिएफका गिता राना उत्कृष्ट डिफेन्डर, उत्कृष् स्ट्राइकर अनिता केसी, उत्कृष्ट प्रशिक्षक भगवती थापा तथा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेतले चुनिुभयो । उत्कृष्ट सबैले जनही दस हजार र अनिताले २५ हजार रुपियाँ प्राप्त गरे ।