जापानमा सोहन र हृदयणीलाई स्वर्ण
काठमाडौँ, १४ वैशाख । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१ औं वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सोहनले पुरुष २४ केजीमुनि र हृदयणीले महिला २९ केजीमुनि स्वर्ण जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जनाएका छन् ।
जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप १ रजत र २ कांस्य पनि जिते । महिला ३४ केजीमुनि जोलिना बस्नेतले रजत जितिन् । एकल पुम्सेको पुरुष १४ वर्षमुनि आश्रय उपाध्याय तथा १२ वर्षमुनि सक्षम श्रेष्ठले कांस्य हात पारे ।