लिभरपुल प्रिमियर लिग च्याम्पियन
लिभरपुल, १५ वैशाख । लिभरपुल कीतिमान २० औँ पटक प्रिमियर लिग च्याम्पियन बन्न सफल भएको छ । घरेलु मैदानमा शनिबार राति टोटनहाम हस्परसलाई ५–१ ले हराएर लिभरपुल इङगलिस प्रिमियर लिग च्याम्पियन बनेको हो ।
टोटनहामसँगको खेलको १२ औँ मिनेटमै डोमिनिक सोलान्कीको गोलबाट पछाडी परेर पनि लिभरपुलले शानदार जित हात पार्यो । तर पूर्वार्धमै लुइस डयाज, एलेक्सिस म्याक एलस्टर र कोडी गाप्कोको गोलबाट लिभरपुलले शानदार पुनरागमन गर्यो । मध्यान्तरपछि मोहम्मदल सलाहले पनि गोल गरे । ालहको यस सत्रमा यो ३३ औँ गोल हो । उत्तरार्धमा टोटनहामका डेस्टिनी उडोजीले आत्मघाती गोल गरेपछि लिभरपुलको जित थप फराकिलो बन्यो ।
लिभरपुलले सर्वाधिक प्रिमियर लिग उपाधि जित्ने म्यान्चेस्टर युनाइटेडको बराबरी गरेको हो । यी दुवै टिमले २०–२० पटक प्रिमियर लिग उपाधि जितेका छन् । पछिल्ला पाँच वर्षमा लिभरपुलको यो दोस्रो उपाधि हो । पछिल्लो पटक उपाधि जित्दा कोराना महामारीको समय थियो । त्यसैले लिभरपुलले आप्mना समर्थक सामू उपाधि जितको खुशी मनाउन सकेको थिएन । यसपालि च्याम्पियन बनेपछि खेलाडीहरुले एन्फिल्ड रङगशालामा उपस्थित खचाखच दर्शकसामु नाच्दै गाउँदै खुशी मनाए । एपी