प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

काठमाडौं, १६ वैशाख । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक पारित भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । जसलाई सभाले पारित गरेको हो ।

मंगलबार सभाले पारित गरेको भन्सार विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।