अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
काठमाडौँ २१ वैशाख । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय प्रतियोगतामा स्वर्ण पदक जितेका छन् ।
अस्ट्रेलियाको करार स्टेडियम गोल्डकोस्टमा आदिसले आइतबार १७ वर्ष मुनि इन्डिभिजुयल पुम्सेमा पहिलो स्थान हात पारेका हुन् । आदिसले च्याम्पियन हुन कूल ६.२३ अङक प्राप्त गरेको जानकारी प्रशिक्षक तथा निर्णायक अशोक खड्काले दिएका छन् । अशोक सोही प्रतियोगितामा निर्णायकको भूमिकामा रहेका छन् ।
एक हप्ताअघि अदिशले जापानको ओसाका शहरमा भएको जापान वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा पनि सोही विधामा रजत पदक जितका थिए । नामी इन्टरनेसनलमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।
आदिशले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टुरमै लगातार पदक जित्न सफल भएपछि आफू निकै उत्साहित भएको बताएका छन् । ‘वाटा ओपन र गोल्डकोस्टमा राम्रो गर्न मैले कडा तयारी गरेको थिएँ । त्यसैले मिहिनेत सफल भएकोमा खुशी लागेको छ । यो प्रतियोगिताले आगामी दिनमा अझ उपलब्धि हासिल गर्ने हौसला पनि दिएको छ । अझ धेरै मिहिनेत गर्छु, तेक्वान्दोमा अझ धेरै गर्न बाँकी छ’ आदिशले भने ।