लय गुमाउँदै आर्सनल

लन्डन, २१ वैशाख । इङगलिस प्रिमयर लिगमा दोस्रो स्थानमा रहेको आर्सनल शनिबार राति बोर्नेमाउथसँग घरेलु मैदानमा २–१ ले स्तब्ध भएको छ । बोर्नेमाउथका लागि डेक्लान राइस र इभानिल्सन तथा आर्सनलका लागि डिन हुसेनले गोल गरे । यस सत्रमा बोर्नेमाउथले लिगका दुवै खेलमा आर्सनललाई हराएको हो । प्रिमयर लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बोर्नेमाउथले आर्सनललाई २–० ले हराएको थियो ।

गत हप्ता नै लिभरपुलले प्रिमियर लिग उपाधि पक्का गरिसकेको हुँदा आर्सनल लगातार तेस्रो सत्र उपविजेता बन्ने दाउमा छ । यद्यपि यस हारले आर्सनलको उपविजेता बन्न अभियानमा पनि खतरा देखिएको छ । म्यान्चेस्टर सिटी र न्युक्यासललले दोस्रो स्थानका लागि आर्सनललाई चुनौती दिनसक्छ ।

आर्सनलले यस सत्रको अन्तिम समयमा लय गुमाएको हो । आर्सनलले पछिल्ला दसमध्ये मात्र तीन खेल जितेको छ ।