सेयर बजारमा गिरावट, नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं, २५ वैशाख । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा झरेको हो।

आज ३१५ वटा कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर १ लाख ३ हजार ३१९ पटक खरिदबिक्री हुँदा कुल ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका विभिन्न उपसूचकहरूमध्ये बैंकिङ ०.८२ प्रतिशत, विकास बैंक १.५६ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, लगानी ०.०४ प्रतिशत, लघुवित्त ०.१३ प्रतिशत, निर्जीवन बिमा ०.१७ प्रतिशत, व्यापार २ प्रतिशत र अन्य समूहको उपसूचक १.८१ प्रतिशतले घटेको छ।

यद्यपि, आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ४.३० प्रतिशतले बढेको छ। त्यसैगरी, जलविद्युत् ०.०३ प्रतिशत, जीवन बिमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१७ प्रतिशत र म्युचुअल फण्ड ०.०७ प्रतिशतले बढेका छन्।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ७८ करोड ४५ लाख ९६ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *