म्यान्चेस्टर र टोटनहामलाई च्याम्पियन्स लिगमा स्थान बनाउने अन्तिम अवसर
म्यान्चेस्टर, २६ वैशाख । म्यान्चेस्टर युनाइेड र टोटेनहामका लागि यो सत्र दयनीय रह्यो । म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग तालिकाको १५ औँ स्थानमा छ । जुन क्लब इतिहासकै सबभन्दा खराब कीर्तिमान हो । सो टिमले १६ खेल हार्यो । टोटनहामको स्थिति अझ खराब छ । टोटेनहाम १९ हारसहित प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडभन्दा एक स्थान तल छ ।
यद्यपि म्यान्चेस्टर युनाइटेड र टोटेनहामको दयनीय सत्र युरोपा लिगको उपाधिसहित सकिन सक्छ । यी दुवै टिम अब च्याम्पियन्स लिगमा स्थान बनाउने सङघारमा छ । यी दुईमध्ये एक क्लबमात्र युरोपाको सबभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता र आकर्ष पुरस्कार रकम भएको च्याम्पियन्स लिग खेल्नेछ ।
इङगल्यान्डका यी दुई क्लबले युरोपाको दोस्रो श्रेणीको फुटबल प्रतियोगिता युरोपा लिगको फाइनलमा स्थान बनाएपछ यो स्थिति बनेको हो । म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लगमा एथ्लेटिको बिल्बाओलाइ ४–१ ले हरायो । म्यान्चेस्टर युनाइटेड कूल ७–१ गोल अन्तरसहित अगाडि बढेको हो । टोटनहामले बोडो गिल्म्टिलाई दोस्रो लेगमा २–० ले हराएर समग्रमा ५–१ को जित निकाल्यो ।
इङगल्यान्डका दुई क्लबबिच युरोपा लिगको उपाधि भिडन्त हुन लागेको यो मात्र दोस्रो पटक हो । सन् २०१९ मा आर्सनललाई हराएर चेल्सी युरोपा लिग च्याम्पियन बनेको थियो ।
म्यान्चेस्टर युनाइटेट मध्यान्तरमा १–० ले पछाडि परेर खेलमा फर्केको हो । स्थानापन्न खेलाडीको रुपमा मैदान प्रवेश गरेर मासन माउन्टले दुई तथा कासिमेरो र रासम होलुल्डले पन िएक–एक गोल गरे । यसैगरी बोडोविरुद्ध टोटनहामका डोमिनिक सोलान्के र पेड्रो पोरोले गोल गरे ।