चेल्सीलाई युरोपका सबै प्रमुख प्रतियोगिता जित्ने पहिलो क्लब बन्ने मौका
लन्डन, २६ वैशाख । प्रिमियर लिग क्लब चेल्सी शुक्रबार डुगार्डेनलाई सेमिफाइनलको दोस्रो लेगमा १–० ले हराएर कन्फरेन्स लिगको फाइनलमा पुगेको छ । चेल्सी कूल ५–१ गोलसहित अगाडि बढेको हो ।
चेल्सीका लागि मिडफिल्डर किर्नन ड्यसबरी हलले खेलको ३८ औँ मिनेटमा निर्णायक गोल गरे । चेल्सीले मे २८ मा हुने फाइनल पोल्यान्डमा रियल बेटिससँग खेल्नेछ । रियल बेटिसलाई हराएमा चेल्सी युरोपको सबै प्रमुख प्रतियोगिता जित्ने पहिलो क्लब हुने । चेल्सीले सन् २०१२ र २०२१ म च्याम्पियन्स लिग, सन् २०१३ र २०१९ मा युरोपा लिग, सन् १९७१ र १९९८ मा कप विनर्स र सन् १९९८ र २०२१ म सुपर कप जितेको थियो ।
स्पेनेको रियल बेटिसले कूल ४–३ ले इटालीको फियोरेन्टिनालाई हराएर उपाधि भिडन्तमा स्थान बनाएको हो । फ्लोरन्समा भएको खेलको ९७ औँ मिनेटमा स्थानापन्न खेलाडी आब्डेसमान इजाजिुलीले गोल गरेर खेल २–२ ले बराबर गरेपछि बेटिस फाइनलमा पुगेको हो । पहिलो लेग बेटिसले २–१ ले जितेको थियो ।