विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा
नयाँ दिल्ली, २९ वैशाख । भारतका महान् ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । विराटनले १४ वर्षको टेस्ट क्रिकेट जीवनमा १२३ खेल खेलेपछि सन्न्यासको घोषणा गरेका हुन् ।
सन् २०११ म विराटले वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा पदार्पण गरेका थिए । सन् २०१३ मा सचिन तेन्दुलकरले सन्न्यास लिएपछि विराट नै भारतका प्रमुख ब्याट्सम्यानको रुपमा रहे । विराटले सन्यासको निर्णय सहज नभएको तर यही सही समय भएको लागेर यो निर्णय गरेको बताए । कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनपछि नै ३६ वर्षीय विराटले पनि पाँच दिने संरचनाको क्रिकेट त्यागेका हुन् ।
विराटले टेस्टमा ४६।८५ रनको औसतमा ३० शतक र ३१ अर्धशतकसहित ९,२३० रन बनाएका छन् । विराटले ६८ टेस्टमा भारतीय टिमको कप्तानी पनि गरेका छन् ।