महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै, राष्ट्रपतिसमक्ष पेश गरिने

काठमाडौं, ३१ वैशाख । महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ।

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सरकारी तथा सार्वजनिक निकायहरूको लेखापरीक्षणको विस्तृत विवरण र बेरुजुको अवस्था समावेश गरिएको उक्त प्रतिवेदन आज राष्ट्रलाई जानकारी गराइने भएको हो।

महालेखा परीक्षक तोयम राणाले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त प्रतिवेदन पेश गर्नुहुनेछ। संवैधानिक व्यवस्था अनुसार महालेखा परीक्षकले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने हुन्छ, र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गराउने व्यवस्था छ।

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेलगत्तै महालेखा परीक्षकको कार्यालयले यसलाई औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाएको छ।