एकेएफ एशियन सिनियर कराते च्याम्पियनसीपमा नेपाल

काठमाडौँ, ५ जेठ । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनसीपमा नेपालको पनि सहभागिता रहने भएको छ । उज्बेकिस्तानको तास्केन्टमा जेठ ९ देखि ११ गतेसम्म हुने प्रतियोगतामा नेपालका ११ खेलाडीको सहभागिता रहनेछ ।

एकेएफ एसियन सिनियर कराँतेच्याम्पियनसीप खेल्ने नेपाली टिमलाई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामनासहित विदाई गर्नुभयो ।

‘सो प्रतियोगितामा एरिका गुरुङ, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम र तेन्जिङ शेर्पाले नेपालको प्रतिनिधित्व गर्नेछन् । सो टिमको प्रमुख प्रशिक्षकमा कुशल श्रेष्ठ र प्रशिक्षकमा मन्डेकाजी रहेका छन् । टिम म्यानेजरमा किशोर भट्टराई छन् ।