प्रिमियर लिग च्याम्पियन लिभरपुल पराजित
ब्राइटन, जेठ ६ गते । इङ्गलिस प्रिमियर लिग च्याम्पियन लिभरपुल सोमबार राति ब्राइटनसँवग ३–२ ले पराजित भएको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ज्याक हिन्सेलउडले आफ्नो पहिलो टचमै गोल गरेर लिभरपुललाई स्तब्ध पारे । यसअघिनै च्याम्पियन भइसकेको लिभरपुलले आप्mना प्रमुख खेलाडीहरुलाई विश्राम दिएकोले पनि ब्राइटनलाई फाइदा भयो ।
सो खेलमा लिभरपुलले अग्रता बनाएको थियो । खेलको नवौँ मिनेटमा कोनर ब्राडलीको पासमा हार्भी इलियोटले गोल गरे । खेलको ३२ औँ मिनेटमा यासिन आयारीको गोलबाट ब्राइटनले स्कोर १–१ बनायो । पूर्वार्धको इन्जुरी समयमा डोमिनिक सोबोस्लाइको क्रस जस्तो लाग्ने सटमा गोल गरी लिभरपुललाई पुन अगाडि पारे । खेलको ६९ औँ मिनेटमा वैकल्पिक खेलाडी जापानी काउरु मिटोमाले गोल गरेपछि ब्राइटन दोस्रो पटक खेलमा फर्कियो । त्यसपछि निर्धारीत समय सकिन पाँच मिनेट बाँकी छँदा हिन्सेलउडले निर्णायक गोल गरे ।
यस नतिजासँगै ब्राइटन आठौँ स्थानमा उक्लेको छ । जसले ब्राइटनको पनि आगामी सत्र युरोपेली लिग खेल्ने सम्भावना बढेको छ । चौथो स्थानमा रहेको चेल्सीले अर्को हप्ता हुने युरो कन्फरेन्सको उपाधि जितेमा प्रिमियर लिगमा आठौँ स्थानमा रहने टिम पनि अर्को सत्रको कन्फरेन्स लिगका लाग चयन हुनेछ । एजेन्सी