प्रधानमन्त्रीसंग सांसदको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

प्रधानमन्त्री ओली स्वास्थ्यका कारण आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे हो।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सचिवालयबाट उक्त जानकारी प्राप्त भएको जनाउनुभएकाे छ ।

संसद सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकका लागि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची तय गरेको थियो। प्रधानमन्त्री उपस्थित नहुने भएपछि उक्त कार्यसूची संशोधन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *