सुनको भाउ आजपनि बढ्याे, ताेलाकाे कतिमा भयाे काराेबार ?
काठमाडौं, ७ असाेज । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर तीन लाख दुई हजार तीन सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला चार हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार सात सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
