प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेट

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पछिल्लो समय सत्तारुढ दलहरुबीच गभर्नर नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। यसैगरी, हिजो बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको थियो। स्रोतका अनुसार, देउवा र ओलीबीच आइतबार नै भेट तय भएकोमा आज मात्र भेटघाट भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *