टोटनहाम युरोपा लिग च्याम्पियन
बिल्बाओ, ८ जेठ । टोटेनहामले बिहिबार म्यान्चेस्टर युनाइटेडलाई १–० ले हराएर युरोपा लिग जितेको छ ।
टोटनहामले चार दशकभन्दा बढी समयपछि पहिलो युरोपेली उपाधि हात पारेको हो । यसैगरी सन् २००८ मा इङगलिस लिग कप जितेपछि टोटेनहामले पहिलो प्रमुख उपाधि जितेको हो । सन् १९८४ मा टोटेनहामले युइउफए कप पनि हात पारेको थियो । जुन अहिले युरोपा लिगमा परिवर्तन भएको छ । यस नतिजासँगै टोटनहामले अर्को सत्रमा च्याम्पियन्स लिग खेल्ने भएको छ । छ वर्षअघि टोटनहाम युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । सो समय लिभरपुलले टोटनहामलाई उपाधिबाट वञ्चित पारेको थियो ।
खेलको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोलले टोटेनहामलाई उपाधि दिलायो । यस नतिजासँगै टोटेनहामका यसपालिको निराशाजनक सत्रलाई पनि बिर्साएको छ । प्रिमियर लिगमा टोटेनहाम रेलिगेशन क्षेत्रको नजिकि छ ।
म्यान्चेस्टर युनाइटेडले भन हारपछि अर्को सत्रमा युरोपेली प्रतियोगता खेल्न नपाउने भएको छ । प्रिमियर लिगमा पनि म्यान्चेस्टर युनाइटेड १६ औँ स्थानमा छ । म्यान्चेस्टर युनाइटेडले सन् २०१७ मा जोस मोरिन्होको प्रशिक्षकत्वमा युरोपा लिग जितेकोथियो । सन् २०२१ मा पनि म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा हारेको थियो । सो समय स्पेनको भिलारियलले म्यान्चेस्टर युनाइटेडलाई निराश पारेको थियो । एजेन्सी