सिटी, चेल्सी र न्युक्यासल च्याम्पियन्स लिगमा चयन

म्यान्चेस्टर, १२ जेठ । म्यान्चेस्टर सिटी, चेल्सी र न्युक्यासल प्रिमियर लिगको अन्तिम दिन च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएका छन् । प्रिमियर लिगबाट च्याम्पियन लिभरपुल र उपविजेता आर्सनल पहिले नै अर्को सत्रमा हुने च्याम्पियन्स लिगमा छनोट भइसकेका थिए । युरोपा लिग विजेता टोटनहामले पनि च्याम्पियन्स लिग खेल्नेछ । च्याम्पियन्स लिगको होडमा रहेको एस्टन भिल्ला र नटिङघम फरेस्ट भने शीर्ष पाँचबाट बाहिरिएर च्याम्पियन्स लिगमा पुग्न सकेनन् । न्तिम दिनका खेलपछि च्याम्पियन लिभरपुलले ट्रफी उचाल्यो । च्याम्पियन लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ ले बराबरीमा खेल्यो ।
म्यान्चेस्टर सिटी फलुहमलाई २–० ले हराएर तेस्रो स्थान बनाउन सफल भयो । सिटीका लागि इलके गुन्डोगन र इर्लिङ हालान्डले गोल गरे । फुलहम १ औँ स्थानमा रह्यो चेल्सीले नटिङघम फरेस्टलाई १–० ले हरायो । सो नतिजाले चेल्सीले चौथो स्थान बनायो भने यस सत्रको सुरुआत शानदार ढङगले गरेको नटिङघमको च्याम्पियन्स लिग खेल्ने सपना चकनाचुर भयो । नटिङघम सातौँ स्थानमा झर्यो । नटिङघमविरुद्ध चेल्सीका लेभी कोलवीलले गोल गरेका हुन् ।
न्युक्यासल भने आफ्नो अन्तिम खेलमा एभर्टनसँग १–० ले पराजित भएर पनि पाँचौँ स्थानमा रहेर च्याम्पियन्स लिगमा चयन भयो । एभर्टनका लागि कार्लोस अल्काराजले गोल गरेका हुन् । एभर्टनले १३ औँ स्थानमा रहेर लिग सकायो ।
अन्य खेलमा ब्राइटनले टोटनहामलाई ४–१, आर्सनलले साउथह्याम्पथटनलाई २–१, बोर्नेमाउथले लेस्टरलाई २–०, म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–० र वेस्ट ह्यामले इस्पिचलाई ३–१ ले पराजित गरे । वोल्भ्सले ब्रेन्टफोर्डसँग १–१ ले बराबरीमा खेल्यो ।
तस्बिर साभार ः एपी