मेसीको दुई गोल र एसिस्ट
मियामी, १५ जेठ । लियोनेल मेसीले दुई गोल गर्नुका साथै एक एसिस्ट गरेपछि बिहिबार एमएलएस लिगमा इन्टर मियामीले मोन्ट्रियललाई ४–२ ले हराएको छ ।
मियामीका लागि लुइस सुवारेजले पनि दुई गोल गरे । मेसीले खेलको २७ र ८७ औँ मिनेटमा गोल गरे । खेलको ६८ औँ मिनेटमा मेसीले शानदार ड्रिब्लिङपछि दिएको पासमा सुवारेजले गोल गरे । तीन मिनेटपछि सुवारेजले पुनः गोल गरपछि मियामीको जित पक्का भयो । मोेन्ट्रियलका लाग अन्तिम समयमा डाँटे सिले र भिक्टोर लोटुरीले गोल गरे ।
मेसीको टिम इन्टर मियामीको पछिल्ला आठ खेलमा यो मात्र दोस्रो जित हो । एजेन्सी
तस्बिर साभार ः एएफपी