पोथास नेपाली क्रिकेट टिमको सल्लाहकार प्रशिक्षक

काठमाडौँ, १५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा निक पोथासलाई नियुक्त गरेको छ । दक्षिण अफ्रिकाका पोथासले अगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग २ मा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि प्रशिक्षक पोथासले श्रीलङ्का, वेस्ट इन्डिज र बङगालदेशका राष्ट्रिय टिमसँग पनि काम गरिसकेका छन् । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै पोथासको आगमले आइससी क्रिकेट विश्वकप लिग २मा नेपालको तयारीमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको छ ।

नेपाली क्रिकेट टिम अहिले लिग २ मा खेल्ने स्कटल्यान्डमा रहेको छ । तीन देशीय शृङखलामा नेपालले घरेलु टिम स्कटल्यानड र नेदरल्यान्ड्सविरुद्ध दुई–दुई खेल खेल्नेछ ।