नेपाल एमेच्योर ओपन गल्फ हुने
काठमाडौँ, १६ जेठ । नेपाल गल्फ संघले ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । ७२ पारको गोकर्ण गल्फ क्लबमा आगामी मङगबारदेखि बिहिबारसम्म हुनेछ ।
तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बङगलादेश, भुटान, श्रीलङका र भारतका गरी पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागिता रहने निश्चित भएको छ ।
पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछ र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ । आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ । नेपालको ए टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भइकेको छ । नेपाल बी टिमको टुङ्गो भने आइतबार लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
व्यक्तिगततर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ । यसगरी भारतबाट दुई महिलासहित १० तथा श्रीलंकाबाट चार खेलाडी आउनेछन। त्यस्तै बंगलादेश तथा भुटानबाट २–२ जना खेलाडीको सहभागिता रहनेछ । नेपाली खेलाडीहरुमा कोशी र गण्डकी प्रदेशबाट ६–६ जना खेलाडी छनौट भएर दर्ता भएका छन् । अन्य खेलाडी बागमती प्रदेशबाट रहने नेपाल गल्फ संघका महासचिव दिपक आचार्यले बताए ।
व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागि खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ ।
यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ रयाकिं (डब्लुएजीआर)द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूल रय ाङकिङ अंक समेत प्राप्त गर्नेछन्।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले विशेषगरी युवा खेलाडीहरूलाई प्रोत्साहन र उनीहरूको विश्व वरियताको लागि यो प्रतियोगिता महत्वपुर्ण रहने बताएका छन् ।