विश्व वरीयतामा कराँते खेलाडी एरिकाको छलाङ
काठमाडौँ, २१ जेठ । नेपाली कराते स्टार एरिका गुरुङ विश्व वरियतामा २७औं स्थानमा उक्लेकी छन् ।
मोरक्कोको रावतमा भएको कराते वान प्रिमियर लिगमा महिला ६८ केजीमाथि समूहमा काश्य पदक जितेपछ एरिकाले आप्mनो क्याटगोरीको विश्व वरीयतामा छलाङ मारेकी हुन् । यसअघि एरिका विश्व वरीयतामा ५० औँ स्थानमा थिइन् ।
विश्वका उत्कृष्ट कराँते खेलाडीहरुले मात्र सहभागिता जनाउने कराते–१ प्रिमियर लिगलाई विश्व करातेको सबैभन्दा कठिनमध्येका एक प्रतियोगिता मानिन्छ ।