दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियन

लर्ड्स, ३१ जेठ । दक्षिण अफ्रिकाले शनिवार अस्ट्रेलियालाई हराएर विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । अस्ट्रेलिया उपाधि रक्षा अभियानमा थियो । दक्षिण अफ्रिकाले लर्ड्सको क्रिकेट मैदानमा अस्ट्रेलिायलाई पाँच विकेटले हराएको हो ।

अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २१२ रन बनाएको थियो । दक्षिण अफ्रिका जवाफमा १३८ रनमै अलआउट भयो । अस्ट्रेलियाले दोस्रो पालिमा २०७ रन बनाएपछि दक्षिण अफ्रिकाले विश्व च्याम्पियन बन्न २८२ रनको कठिन लक्ष्य पाएको थियो । लर्ड्सको मैदानमा यो भन्दा धेरै रनको लक्ष्य यसअघि, एकपटक मात्र पछ्याएको इतिहास थियो । तर एडक माक्रमले अविजित १३६ रन बनाएर दक्षिण अफ्रिकालाई विश्व विजेता बनाए ।

दक्षिण अफ्रिकाले २७ वर्षमा पहिलो पटक प्रमुख उपाधि हासिल गरेको हो । यसअघि प्रमुख प्रतियोगिताको निर्णायक खेल सँधै हार्ने भएकोले दक्षिण अफ्रिकी क्रिकेट टिमलाई चोकर्स भनिन्थ्यो । दक्षिण अफ्रिकालाई उपाधि जित्न चौथो दिन मात्र ६९ रनको आवश्यकता रहेको थियो । सो दिन दुई विकेटको क्षतिमा २१३ रनबाट खेल्न सुरु गरेको दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा २८२ रन बनाएर लक्ष्य हासिल गर्यो । दक्षिण अफ्रिकाको जितमा तेज बलरकागिसो रबाडाले पनि कूल नौ विकेट लिएर महत्वपूर्ण योगदान दिए ।

एजेन्सी