एट्लेटिको म्याड्रिडविरुद्ध पिएसजीको फराकिलोे जित
क्यालिफोर्निया, २ असार । च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)ले क्लब विश्वकप फुटबल प्रतियोगितामा सोमबार स्पेनको ठूलो टिम एटलेटिको म्याड्रिडलाइ ४–० ले हराएको छ ।
पिएसजीका लागि फाबियन रुइज र भिटिन्हाले पूर्वार्ध र सेनी मायुलु र लि काङ इनले उत्तरार्धमा गोल गरे । क्लब विश्वकपमा यी दुई टिमबिचको भिडन्त समूह चरणको ‘हाइएस्ट प्रोफाइल गेम’ थियो ।
गत महिना फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएर च्याम्पियन्स लिग उपाधि जित्ने पिएसजीले सन् अर्को ठूलो जित प्राप्त गरेको हो । खेलको ७८ औँ मिनेटमा एटेलेटिकोका क्लिमेन्ट लाङलेटले रातो कार्ड पाएपछि पनि पिएसजीलाई खेल अझ सहज बन्यो ।
समूह बीमा नै बोटाफोगोले घरेलु टिम सियाटल साउन्डर्सलाई २–१ ले पराजित गर्यो । ब्राजिलको टिम बोटाफोगोका लागि जायर कुन्हा र इगोर जेससले पूर्वार्धमा गोल गरे । खेलको १५ औँमिनेटमा क्रिस्टियन रोल्डानले हेडमार्फत् सान्त्वना गोल गरे । एजेन्सी
तस्बिर साभारः एपी