एसिसी यु–१६ इस्ट जोन कप खेल्ने नेपाली टिमको विदाइ

काठमाडौं, असार ६ गते । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित विदाइ गरेको छ ।

एसिसी यु–१६ इस्ट जोन कप जुन २२ देखि जुलाई ५ सम्म मलेसियामा हुँदैछ । नेपाली टोली शुक्रबार राति नै मलेसिया प्रस्थान गर्नेछ । नेपाल उपाधि रक्षा अभियानमा रहेको छ । सन् २०२३ मा भएको पछिल्लो संस्करणमा नेपालले फाइनलमा मलेसियालाई हराएर उपाधि जितेको थियो ।

प्रशिक्षक दिपेन्द्र चन्दले मलेसियामा नेपालले उपाधिरक्षा गर्ने विश्वास देखाए । ‘जसरी पनि उपाधि जित्नेछौँ । खेलाडीले एक महिनादेखि जिल्लास्तरिय हुँदै राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा राम्रो म्याच अभ्या अभएको छ । त्यसैले प्रशिक्षणका लागि कम समय भएपनि खासै फरक परेन । सबै खेलाडी दुरुस्त छन् । टिम पनि सन्तुलित छ’ उहाँले भने ।

यस संस्करणमा नेपाल र आयोजक मलेसियासहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले पनि भाग लिएका छन् । नेपालसमूह एमा सिङगापुर, जापान, भुटान र इन्डोनेसयिासँग रहेको छ । नेपालले जुन २२ मा सिंगापुर, जुन २४ मा जापान, जुन २९ मा इन्डोनेसिया र जुलाई १ मा भुटानसँग खेल्नेछ ।

नेपाली टिमको नेतृत्व बलर विपिन शर्माले गर्नेछन् । उनले पनि म्याच अभ्यासमा रहेकोले सबै खेलाडी राम्रा लयमा रहेकोले राम्रो प्रदर्शन हुने बताए ।