चेल्सी क्लब विश्वकपको नकआउटमा
फिलाडेल्फिया, ११ असार । प्रिमियर लिग क्लब चेल्सी बुधबार इस्परान्सलाई ३–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ । सो खेलमा लियाम डेलापले चेल्सीका लागि पहिलो गोल गरे । यसैगरी इजो फर्नान्डेजले दुई एसिस्ट गरेका थिए ।
पूर्वार्धको इन्जुरी समयमा इनजोको फ्रिकिकमा टोसिन अडाराबिओयोले हेड गोल गरी चेल्सीलाई अगाडि पारेका थिए । दुई मिनेटपछि डेलापले अग्रता दोब्बर पारे । उनले पनि फर्नान्डेजको पास सदुपयोग गरेका हुन् । डेलाप इस्पिचबाट प्रतियोगिताअघि मात्र चेल्सीमा स्थानान्तर भएका थिए ।
खेलको इन्जुरी समयमा टाइरिक जर्जले तेस्रो तथा अन्तिम गोल गरे । चेल्सी समूह डिमा छ अङ्कसहित समूह उपविजेता बन्यो । सो समूहमा फ्लेमिन्गो समूह विजेता बनेको थियो । एजेन्सी