नेपालले अस्ट्रेलियामा टि२० शृङ्खला खेल्ने
काठमाडौँ, १३ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा हुने टप एन्ड ट्वान्टी–२० शृङखलामा खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप अभ्यासका लागि यस शृङखलामा सहभागी हुने जनाएको छ । सो प्रतियोगिता डार्बिनमा अगस्ट १४ देखि २४ तारिखसम्म हुनेछ । नेपालले डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा कम्तीमा छ ट्वान्टी–२० खेल खेल्नेछ ।
क्यानले नेपाली क्रिकेटरका लागि अस्ट्रेलियाको वातावरणमा उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अनुभव लिने राम्रो अवरको रुपमा यसलाई लिएको छ । सन् २०२६मा टि२० विश्वकप अस्ट्रेलियामा हुँदैछ । यसअघि, नेपालले ओमान हुने विश्वकपको एसिया छनोट पार गर्नुपर्नेछ ।
यसैगरी नेपालले वेस्ट इन्डिजसँग पनि तीन खेलको ट्वान्टी–२० शृंखला खेल्ने तालिका छ ।