ब्राजिलका दुई टिमबिचको भिडन्तमा पालमिराजद्वारा बोटाफोगो पराजित
फिलाडेल्फिया, १५ असार । ब्राजिलका दुई क्लबबिचको भिडन्तमा पालमिराजले बोटाफोगोलाई अतिरिक्त समयमा १–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगताको अन्तिम आठमा स्थान बनाएको छ ।
खेलको १०० औँ मिनेटमा पाउलिन्होले निर्णायक गोल गरेका हुन् । सो खेलमा पालमिराजका डिफेनडर गुस्ताभो गोमेजले ११६ औँ मिनेटमा रातो कार्ड पाएका थिए । पालमिराजले सेमिफाइनलमा पुग्न चेल्सीविरुद्ध खेल्नेछ । एजेन्सी
तस्बिर साभारः एपी