केनको दुई गोलमा बायर्न म्युनिख विजयी
मियामी, १६ असार । हेरी केनको दुई गोलको सहयोगमा बायर्न म्युनखले सोमबार फ्लेमिन्गोलाई ४–२ ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउको छ ।
गत हप्ता बेनफिकासँग पराजित जर्मनीको शीर्ष क्लबले तुरुन्तै आफ्नो पुरानै छविमा फर्केर लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । खेलको छैटौँ मिनेटमै जोसुआ किमिचको कर्नरमा फ्लेमिन्गोका इरिक पुल्गरले आत्मघाती गोल गरेपछि बायर्न म्युनिखलाई खेल सहज भएको थियो । बायर्न म्युनिखका लागि लियोन गोरेत्जाले पनि गरे । ब्राजिलियाली टिम फ्लेमिन्गोका लागि गर्सन र जर्जिन्होले गोल गरे ।
बायर्न म्युनिखले अब क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मनविरुद्ध खेल्नेछ ।