कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाकाे स्तरोन्नति (तस्बिरहरू)

काठमाडाैं, १६ असार । कीर्तिपुर नगरपालिकास्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको कीर्तिपुर क्रिकेट रङ्गशालाकाे स्तरोन्नतिको काम धमाधम भइरहेकाे छ ।

नेपाल सरकार सहरी विकास मन्त्रालयको ४९ करोड २५ लाख ६७ हजार लागतमा स्तरोन्नतिको काम भइरहेको हाे ।

नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुभएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिबि रंगशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गर्ने निर्णय गर्नुभएकाे थियाे ।

गत फागुन २० गतेबाट रंगशालाको निर्माण कार्य सुरू भएको थियो। पहिलो ६५ दिनमा निर्माण काम नसकिएपछि प्रधानमन्त्री ओलीले अन्तिमपटकका लागि भन्दै असार मसान्तसम्म समय तोकेका छन्। तस्बिर सबै :  रत्न श्रेष्ठ /रासस