विकास सहायतासम्बधी उच्चस्तरीय छ्लफलमा प्रधानमन्त्री

सेबिया (स्पेन), १७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनमा जारी ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ को अवसरमा आयोजित एक महत्त्वपूर्ण उच्चस्तरीय छलफलमा सहभागिता जनाउनुभएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आयोजना गर्नुभएको उक्त छलफल ‘विकास सहायतामा नयाँ सोच’ विषयमा केन्द्रित थियो। छलफलले परम्परागत विकास सहायताका मोडलहरूलाई परिमार्जन गर्दै वर्तमान विश्वका चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने नयाँ र प्रभावकारी उपायहरू खोज्ने लक्ष्य राखेको छ।

दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तनसँग जुध्न र विश्वव्यापी असमानता कम गर्न विकास सहायतालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेताहरूले विचार-विमर्श गरेका थिए।

अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीको सहभागिताले विकास सहायतामा प्राप्तकर्ता देशहरूको दृष्टिकोण र आवश्यकतालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *