जीविकोपार्जनलाई चिकित्सा पेशा, राष्ट्र र समाजसेवाका लागि राजनीति रोजेँः सुजन कडरिया (भिडियो अन्तर्वार्ता)
अनेरास्ववियुमा अहिले नयाँ नेतृत्व आएको छ । अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट डाक्टर सुजन कडरियाले अनेरास्ववियुको नेतृत्व गर्नुभएको छ । नयाँ नेतृत्व आएपछि ‘शैक्षिक संस्थामा तालाबन्दी र हड्तालको संस्कृति अन्त्य गर्ने’ घोषणा गरेको छ । पेशाले चिकित्सक रहनुभएका डा. कडरियाले अनेरास्ववियुको नेतृत्व सम्हालेपछि केही नयाँ सन्देश दिने प्रयास गरेको देखिन्छ । विद्यार्थीका मुद्दाहरूलाई सम्बोधन गर्न ‘रचनात्मक संवाद र नीतिगत वकालत’ मा ध्यान केन्द्रित गर्ने योजना पनि अनेरास्ववियुले बनाएको छ । संगठनलाई विरोध–केन्द्रित संस्कृतिबाट शैक्षिक सुधारको सकारात्मक शक्तिमा रूपान्तरण गर्नुपर्ने चुनौति पनि कडरियाका सामू छ ।
उहाँ स्वयं पनि ‘हामी तालाबन्दी, हड्ताल र भौतिक आक्रमणको अभ्यास अन्त्य गर्दैछौँ र हाम्रो आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनेछ’ भन्नुहुन्छ । कुनै पनि सदस्य यस्ता गतिविधिमा संलग्न भए त्यस्तो व्यक्ति अनेरास्ववियुमा रहन नसक्ने चेतावनी समेत उहाँले दिनुभएको छ । सम्बन्धित निकायहरूमा राम्रोसँग अनुसन्धान गरिएका नीतिगत सुझावहरू प्रस्तुत गरी लोकतान्त्रिक माध्यमबाट दबाब सिर्जना गर्ने नीति अनेरास्ववियुले अख्तियार गरेको छ ।
पेशाले चिकित्सक कडरिया जिविकोपार्जनका लागि चिकित्सा पेशा भए पनि राष्ट्र सेवाका लागि राजनीतिमा आफ्नो संलग्नता रहेको व्याख्या गर्नुहुन्छ । नेपालको वर्तमान शिक्षा प्रणालीको कडा आलोचना गर्ने कडरिया परीक्षामुखी शिक्षा होइन सिपमुखी शिक्षामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । लोकतन्त्रमा परिवर्तन स्वाभाविक भए पनि धेरै नयाँ आन्दोलनहरूमा स्पष्ट विचारधारा वा ऐतिहासिक आधारको कमी रहेको तर्क गर्ने कडरिया राजतन्त्रको वकालत अवैज्ञानिक र प्रतिगामी भएको दाबी गर्नुहुन्छ । कडरियासँग विविध विषयमा केन्द्रित भएर उहाँसँग मैत्रिन्युजका लागि गरिएको भिडियो कुराकानीः
तपाईंलाई मैत्री संवादमा हार्दिक स्वागत छ ।
धन्यवाद
सञ्चै हुनुहुन्छ ?
ठीक छु
दौडधुप त अब सकियो, है ?
सकियो भन्दा पनि दौडधूप अब सुरु भयो भन्नुपर्छ होला । महाधिवेशनको दौडधुप सकियो । अब संगठनलाई कस्तो बनाउने भन्ने दौडधूप सुरु भएको छ ।
तपाईं चिकित्सक डाक्टर,राजनीतिप्रतिको मोह कसरी बढ्यो ?
हाम्रो जस्तो मुलुकमा डाक्टर अथवा एउटा पेशाबाट राजनीतिमा आयो भने यसलाई असामान्य ढंगबाट हेरिन्छ । किनभने बहुसंख्यक मान्छेहरुले त्यसो गरिरहेका हुँदैनन् । तर, यो एकदमै सामान्य प्रक्रिया हो । म डाक्टर जीविकोपार्जनको निम्ति भएको हो । राजनीतिचाँहि समाजमा सेवा गर्ने अर्थात् सबैभन्दा उन्नत सेवा गर्ने एउटा ‘प्लेटफर्म’ हो । मैले अघि पनि भने डाक्टर मेरो जीविकोपार्जनको क्षेत्र । सामाजिक सेवाका लागि राजनीति र जीविकोपार्जनका लागि चिकित्सा पेशा अँगालेको हुँ । त्यसैले यसलाई एकदम सामान्य ढंगबाट बुझ्नुपर्छ ।
डाक्टरभन्दा पनि पहिला म आम नागरिक पनि हुँ । विद्यार्थी आन्दोलनसँग जोडिनु भनेको यो हाम्रो परिवेशलाई अझ बुझ्नु पनि हो । हाम्रो परिवेशलाई मनन गर्नु पनि हो । यसमा घुलमिल हुनु पनि हो । मैले अघि पनि भने चिकित्सक भन्दा अघि म एउटा नागरि हुँ ।
डाक्टरभन्दा पनि पहिला म आम नागरिक पनि हुँ । विद्यार्थी आन्दोलनसँग जोडिनु भनेको यो हाम्रो परिवेशलाई अझ बुझ्नु पनि हो । हाम्रो परिवेशलाई मनन गर्नु पनि हो । यसमा घुलमिल हुनु पनि हो । मैले अघि पनि भने चिकित्सक भन्दा अघि म एउटा नागरि हुँ ।
विदेश र अझ हाम्रो छिमेकी मुलुकमा हेर्ने हो भने त्यहाँ यस्तो विषयलाई सामान्य मानिन्छ । तर, यहाँ अलिक अनौठो लागेको होला कि ? त्यस्तो लाग्दैन ?
हो, यस्ता खालका चलनहरु हाम्रो छिमेकी मुलुकमा पनि छन् । जहाँ अहिले विश्वकै शक्तिशाली मुलुक चीन लगायतका देशहरुमा पनि यस्ता चलन छन् । हाम्रो नेपालको परिवेशमा चाहिँ अलिकति अनौठो जस्तो लाग्छ तर यो अनौठो होइन ।
म चिकित्सा क्षेत्रमै रहँदा पनि इतिहासको अध्ययन गर्ने गर्थें । इतिहासलाई अध्ययन गर्दाखेरि त्यहाँ कौतुहलता हुन्थ्यो । किन यस्तो हुन्छ ? यो सबै कुराले विद्यार्थी आन्दोलनप्रति आकर्षित हुँदै गए र विस्तारै विद्यार्थी आन्दोलनसँग जोडिनुपर्छ भन्ने निष्कर्षमा पुगेँ । विज्ञान नमान्ने, अन्धविश्वास, रुढीवाद र विधिवादमा लामो समयसम्म अल्झेर बस्ने हो भने हामी अझै पछाडि पर्छौ भन्ने निष्कर्षमा म पुगेँ ।
हो, हामीले मानवीय सभ्यता र मानवीय चेतनालाई कहिल्यै अभिवृद्धि गर्न चाहेनौँ । किन चाहेनौँ भने हामीलाई नियोजित रूपमा शिक्षाबाट टाढा राखियो । शिक्षाबाट बञ्चित गराएका कारणले हाम्रो समाज यहाँनेर पुगेको हो भन्ने लाग्यो । जब इतिहास अध्ययन गरेँ । अन्य मुलुकहरूको इतिहास अध्ययन गरेँ । ओहो ! हामीमाथि एक किसिमको शोषण, उत्पीडन नै दिइएको रहेछ, हामीमाथि ‘प्रोपोगाण्डा’ गरेर कथित दैविक शक्तिको नाममा अथवा पुनर्जन्मको यो फलको नाममा आज यो अवस्था भोग्नु परिरहेको रहेछ भन्ने लाग्यो । यी सबै कुरा बुझ्दै गइसकेपछि छर्लंग हुँदै भयो । अब हामीले निकास दिनुपर्ने समय आएको छ । हो, यहि प्रेरणाबाट मलाई राजनीतिमा लाग्ने थप प्रेरणा जाग्यो ।
यस्तो उन्नत व्यवस्थाका लागि प्राणको आहुति दिएका, आफ्नो जीवनको योगदान दिएका अग्रजहरूलाई मैले सम्झिएँ । उहाँहरूको सम्मानको निम्ति पनि म जत्तिको व्यक्तिहरूले आफ्नो बारेमा मात्र होइन समाजका बारेमा सोच्नुपर्छ भनेर पनि राजनीतिमा लाग्न अझ थप प्रेरित भएँ र लागेँ ।
तपाईं अहिले अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । यसलाई कसरी लिनु भएको छ ?
यसलाई एउटा संयोगको रूपमा पनि लिएको छु । सबै भन्दा पहिला पार्टी पंक्तिप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । एउटा फरक ‘फिल्ड’ बाट आएको व्यक्तिले पनि यो ऐतिहासिक धरातल भएको विद्यार्थी संगठनको नेतृत्व गर्न सक्छ । यो सक्षम छ भनेर जुन विश्वास गर्नुभयो, यो उहाँहरूको विश्वासको कारणले गर्दा म अहिले अध्यक्षको जिम्मेवारीमा छु । उहाँहरूले विश्वास गर्नुभयो भयो र प्रस्ताव गर्नुभयो, । आम प्रतिनिधिहरूले मलाई रुचाउनुभयो । उहाँहरुले नरुचाइदिनुभएको भए पार्टीको प्रस्तावले मात्र पनि यो सम्भव हुने थिएन ।
कुनै बेला विद्यालयमा होस् वा विश्वविद्यालयमा । जो प्रथम हुन्छ, जो टपर हुन्छ, उसले अनेरास्ववियुको नेतृत्व गर्छ भन्ने भाष्य थियो । पछिल्लो समयचाहिँ पढाइमा अब्बल नभएको, गफ मात्रै लाउन सक्ने व्यक्ति अनेरास्ववियुको नेता बन्छ भन्ने खालको भाष्यहरु निर्माण हुँदै गएको थियो । खैर, केही राम्रै विद्यार्थीहरु पनि नेतृत्वमा आएका छन् । यो पटककै कुरा गर्ने हो भने पनि तपाईं डाक्टर अध्यक्ष हुनुभयो । तपाईँकै टिममा धेरै जना इन्जिनियरहरु, डाक्टरहरु पनि छन् । नीति तथा अनुसन्धान आयोग तपाईंहरुले नयाँ निर्माण गर्नुभएको छ । त्यहाँ पनि अहिले प्रकाश बिष्ट, जो टियुको टपर पनि हुनुहुन्छ । अहिले विद्यावारिधी गर्दै हुनुहुन्छ । यस्ता साथीहरु पनि हुनुहुन्छ । के साँच्चै अब अनेरास्ववियुहरु चाहिँ नपढ्ने, गफ गर्नेहरुको मात्रै होइन, पढ्नेहरुको, अध्ययन गर्ने र प्राविधिक मान्छेहरुको पनि हो र यस्ता युवाहरु राजनीतिमा संलग्न हुनुपर्छ भन्ने खालको सन्देश दिनु भएको छ । अब यी युवाहरुले केही नयाँ गर्छन् भन्ने सन्देश दिनुपर्ने चुनौति पनि छ । यसलाई कसरी लिनुभएको छ ?
हो, हामीले अब केही सकारात्मक सन्देश दिनुपर्छ । हामी यसबाट उन्मुक्ति पाउन सक्दैनौं । हामीमा जिम्मेवारी आएको छ । त्यो अत्यन्तै उत्साहजनक विषय पनि हो ।
हामीले समाज विकासको क्रम र मानव विकासको अवधारणालाई अथवा तथ्य र नियमलाई हेर्ने हो भने पनि त्यो परिवर्तन चाहे प्रकृतिको होस् या हाम्रो समाजको । यो एउटा क्रम हो । यसलाई केही समय अवरोध गर्न सकिन्छ । केही समय प्रतिबन्ध लगाउन सकिन्छ तर परिवर्तन अवश्यम्भावी हुन्छ । यसलाई रोक्न सकिँदैन । हाम्रो यो प्रकृतिको सिद्धान्त नै हेर्ने हो भने हामी हिजो बोल्न नसक्ने युगबाट होमोसेपियन्स हुँदै आज मानव भएर यति स्माट्र्ली डिजिटल, एआई युगमा प्रवेश गरिसक्यौँ । हामीमा यो चेतनाको अभिवृद्धि हुनुको कारण भनेको हाम्रो स्वभाव नै परिवर्तनशील छ भन्ने पनि हो ।
हाम्रो यो प्रकृतिको सिद्धान्त नै हेर्ने हो भने हामी हिजो बोल्न नसक्ने युगबाट होमोसेपियन्स हुँदै आज मानव भएर यति स्माट्र्ली डिजिटल, एआई युगमा प्रवेश गरिसक्यौँ । हामीमा यो चेतनाको अभिवृद्धि हुनुको कारण भनेको हाम्रो स्वभाव नै परिवर्तनशील छ भन्ने पनि हो ।
हिजो एउटा व्यवस्था थियो । अनेरास्ववियु त्यतिबेला व्यवस्थाको विरुद्ध लड्यो । अहिले व्यवस्था बदलिएको छ । अब हामीले आन्दोलनको रफ्तारलाई यथास्थितिमा राख्न सक्दैनौँ । अब हामीले आन्दोलनको अग्रगमनको अगुवाइ गर्न जरुरी छ । त्यसकारणले हामीले आन्दोलनमा पनि हिजोको शैलीमा केही भए पनि परिमार्जित गरेर अघि बढ्नुपर्छ ।
तपाईँहरुले भर्खरै सचिवालय बैठक सम्पन्न गर्नुभयो । केही निर्णयहरु भए ?
हो, भर्खरै हामीले सचिवालयको बैठक सम्पन्न ग¥यौँ । निर्णयहरु सार्वजनिक भइसकेका छन् । हामीले बैठकबाट पनि प्रष्ट भनेका छौँ । अब अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, हड्ताल गर्दैन, अभिभावक, शिक्षकहरुमाथि हातपात गर्दैन । मैले नेतृत्व गरेको अनेरास्ववियुले हाम्रो कार्यकालमा त्यो गर्दैन, त्यो हुँदैन । यदि त्यस्तो कसैले गरिहाल्यो भने त्यो अनेरास्ववियुमा रहन सक्दैन । त्यो कुरा हामीले प्रष्ट निर्णय गरेका छौँ ।
अर्को महत्वपूर्ण निर्णय पनि हामीले गरेका छौँ । त्यो भनेको अनेरास्ववियुले हरेक पालिकास्तरसम्म पुगेर पालिकास्तरीय सचेतनामूलक र खबरदारी कार्यक्रमहरूलाई सञ्चालन गर्ने भनेका छौँ ।
संघीयतामा मुलुक आइसकेपछि शिक्षा आफैँमा पनि एउटा संघीयताको ढाँचाअनुरूप परिमार्जित भयो र शिक्षाको व्यवस्थापन पनि त्यहीअनुसार गएको छ ।
हिजो के कस्तो भयो, त्यो विषयमा हामी टिप्पणी गरेर बस्दैनौँ । हामीले केही योजना बनाएका छौं । हामीले नीति तथा अनुसन्धान आयोग बनाएको छौं । त्यो आयोगले विद्यार्थीको समस्याको विषयमा तल्लो स्तरसम्म पुगेर रिसर्च गर्छ । त्यहाँबाट प्राप्त सुझावहरुलाई सम्बन्धित निकायमा प्रस्तुत गर्छौं, सचेत गराउँछौँ ।
यदि उहाँहरु सच्चिनु भएन भने फेरि हामीले अब ढुंगामुढा गर्न छोड्यौं, हामीले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी गर्न छोड्यौं भनेर भनेर चुप लागेर बस्दैनौँ । विश्वविद्यालयमा विद्यार्थीको नाममा विद्यार्थीलाई दमन गर्न खोजिँदै छ भने हामी विद्यार्थीको वृहत् उपस्थितिमा दबाबमूलक कार्यक्रमहरु, रचनात्मक आन्दोलन गर्छौ । विद्यार्थीको विरुद्धमा भएका कुरामा हामी उन्मुक्ति दिन सक्दैनौं ।
हो, हामीले आन्दोलनको शैलीमा परिमार्जित गरेको हो । आन्दोलन कहिल्यै रोकिँदैन । यो गतिशील हुन्छ, यो निरन्तर हुन्छ, यो अविरल हुन्छ, अविचलित हुन्छ । त्यसकारणले गर्दा आन्दोलन रोकिएको होइन, आन्दोलनको शैलीमा थोरै परिमार्जित गरेको हो ।
विद्यार्थी नेताहरु विद्यालयमा पुगे भने कि चन्दा उठाउन कि केही न केही धम्की दिन आए भन्ने भाष्य पछिल्लो समय बन्दै आएको थियो । अहिले पनि यदाकदा त्यस्तो छ भन्ने सुनिन्छ । यस्ता आतंकहरुको अब अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ?
हामीले शिक्षामा समानता र पहुँचका साथै विभेदताको खाडल पुर्ने गरी पालिका–पालिकाबाट अनेरास्ववियुको खबरदार भन्ने नारानै बनाएर पालिकास्तरीय कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेका छौँ ।
हामीले शिक्षामा समानता र पहुँचका साथै विभेदताको खाडल पुर्ने गरी पालिका–पालिकाबाट अनेरास्ववियुको खबरदार भन्ने नारानै बनाएर पालिकास्तरीय कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेका छौँ ।
विद्यालय शिक्षा अहिले स्थानीय सरकारहरुको क्षेत्राधिकार भित्र छ । यसको सुधारका लागि, यस्को गुणस्तरका लागि उहाँहरुले कस्तो योजना बनाउनु भएको छ । हामी यो विषयमा वृहत समीक्षा गर्छौं । निजी शिक्षाको नाममा सार्वजनिक शिक्षामा जति गुणस्तर दिनुपर्ने त्यो गुणस्तरीयता दिइँदैन भन्ने आवाजहरु पनि उठिरहेका छन् । हामी यी विषयको पनि गहन छलफल गर्दै समाधानको बाटो खोज्छौँ । मैले अघि पनि भने हामीले हिजो गर्ने जस्तो भौतिक खाले आन्दोलन गर्दैनौँ । त्यो आन्दोलनले भौतिक क्षति पु¥याउँछ त्यस्तो किसिमको आन्दोलनले कसैलाई पनि राम्रो गर्दैन । त्यसकारण हामीले शैली परिमार्जन गरेकै हौं ।हामीले शैली परिमार्जित गर्दैगर्दा फेरि विद्यार्थीलाई पेल्ने, विद्यार्थीलाई हेप्ने र विद्यार्थीलाई दमन गर्ने दुस्साहस भयो भने चुप लागेर बस्दैनौँ । विद्यार्थीको बृहत उपस्थितिमा उहाँहरुको त्यो प्रयासलाई हामी निमिट्यान्न पार्न सक्ने सामथ्र्य पनि राख्छौं ।
विद्यार्थी आन्दोलनको पृष्ठभूमिलाई फर्केर हेर्ने हो भने २०२०–२१ सालदेखि सुजन खरेलको नेतृत्वबाट अहिले सुजन कँडरियासम्मको नेतृत्वमा आइपुग्दा त्यहाँको नर्सरीबाट उत्पादन भएका व्यक्तिहरु जुन क्षेत्रमा लागेका छन् । अब्बल भएका छन् । तपाईं अहिले अनेरास्ववियुको अध्यक्ष हुनुहुन्छ । यो संस्थाको भविष्य र तपाईँको भविष्य कस्तो देख्नु भएको छ ?
अनेरास्ववियुले जहिले पनि इतिहास लेख्छ । इतिहास रच्छ, इतिहास अध्ययन गर्छ र इतिहास रच्नको लागि हरदम तयार हुन्छ । हिजो इतिहास लेख्यो, त्यो इतिहासलाई अध्ययन ग¥यो र अब फेरि अनेरास्ववियु इतिहास रच्न खोजिरहेको छ । अहिलेको अवस्थामा हामीले अबको विद्यार्थी आन्दोलनको आधुनिकीकरण र शिक्षामा समानताका लागि लड्ने हो । आम सर्वसाधारण यो देशमा जन्मिने बित्तिकै उनीहरुले शिक्षा पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन भन्ने न्यूनतम मागको पहलकदमी अनेरास्ववियुले गर्ने हो ।
अहिलेको शिक्षा व्यवस्था गलत छ । यसलाई हामीले गलत भन्न सक्नुपर्छ । गलत किन छ भने पहिलो कुरा यो जीविकोपार्जनसँग नजोडिने शिक्षा छ भने दोस्रो कुरा यो परीक्षामुखी शिक्षा भयो । यो भनेको नेपालमा परीक्षा प्रणाली ठीक छैन । परीक्षा भनेको ‘सर्टिफिकेट’ धारी मात्र भयो । फिजिक्स, केमेस्ट्रीमा मास्टर्स जति पनि छन् उनीहरु सिधै अमेरिका, युरोप लागिहाल्ने र अन्य मात्रै यहाँ रहनुपर्ने जस्तो अवस्था बनेको छ । अहिलेको यो यथार्थ हो । त्यसैले हामीले यस्तो किसिमको परीक्षामुखी शिक्षा होइन, अब हामीले रोजगारमुखी शिक्षा, सिपमुखी शिक्षामा जोड दिनुको अर्को विकल्प छैन ।
म आफैले पढेको मेडिसिन पनि एउटा सिपमूलक शिक्षा हो । यसले मलाई एउटा सिप दिएको छ । यसको मतलब के हो भने जीवनभर मैले आयआर्जन कहाँबाट गर्ने हो भनेर कहिल्यै पनि धेरै सोच्नु पर्दैन । म अहिले विद्यार्थी आन्दोलसँग जोडिएको छु । यो आन्दोलनबाट बिदा भइसकेपछि वा थोरै मात्र फुर्सद हुँदै गर्दा पनि मलाई अस्पतालमा गएर जागिर खानलाई समस्या छैन । यस्तो सिपमूलक शिक्षा हरेक ‘सेक्टर’ मा छन् । हामीले त्यो गर्न सक्यौँ भने त्यसले मान्छेलाई आत्मनिर्भर बनाउँछ । एक–एक व्यक्ति आत्मनिर्भर भयो भने राष्ट्र आत्मनिर्भर बन्छ । हामीले राष्ट्रका बारेमा सोच्दै गर्दा सबैभन्दा पहिला नागरिक स्तरबाट सोच्नुपर्छ । राष्ट्र भन्ने अनि नागरिकको विषयमा नसोच्ने ? नागरिकहरु आज यो अवस्थामा रहनुको कारण इतिहास यसमा दोषी छ कि छैन ? अनि हामीले अबको भविष्यको बारेमा थालनी गरेको खोइ ? भनेपछि अब आज हामी पनि दोषी हुँदै छौं नि ? भविष्यका लागि दोषी हुँदै छौं ।
हामीले राष्ट्रका बारेमा सोच्दै गर्दा सबैभन्दा पहिला नागरिक स्तरबाट सोच्नुपर्छ । राष्ट्र भन्ने अनि नागरिकको विषयमा नसोच्ने ? नागरिकहरु आज यो अवस्थामा रहनुको कारण इतिहास यसमा दोषी छ कि छैन ? अनि हामीले अबको भविष्यको बारेमा थालनी गरेको खोइ ? भनेपछि अब आज हामी पनि दोषी हुँदै छौं नि ? भविष्यका लागि दोषी हुँदै छौं ।
आज एसइइमा केही भए पनि रिजल्टमा सुधार भएको छ । शिक्षाको ‘इन्डेक्स’ मा सुधार आइसकेको । अझै पनि हामी मान्न तयार छैनौं । अनि परिणामलाई नमान्ने हो भने के हामीले भावनालाई मान्ने हो ? कसैको उत्तेजनालाई मान्ने हो ? हामीले परिणाममा विश्वास गर्नुपर्छ । आज एसइइमा सुधार भएको छ भन्ने कुरा हामीले खुलेर प्रशंसा किन गर्न सक्दैनौं ? हामीले सही कार्यहरुको प्रशंसा गरेनौं भने यसले गलत कार्य गर्नेहरुलाई अगाडि बढाउँछ । उनीहरु अझ हौसिए अगाडि बढ्न खोज्छन् । अझ अनौठो के छ भने यो पटक एसइइमा यति राम्रो रिजल्ट आउनुको कारण प्रश्न सजिलो भएर रे ! त्यस्तो पनि तर्क हुन्छ ? त्यो कुतर्क गरेर समाजमा अराजकता सिर्जना गर्ने ? त्यसको पनि त एउटा ‘स्ट्यान्डर्ड क्राइटेरिया’ छ । त्यो ‘क्राइटेरिया’ भन्दा तलको बनाउँन पाइँदैन ।
अहिलेसम्म ‘ह्युमन बिइङ्सको एक्जिस्टेन्स’ भएदेखि समाजले जे जति गरिरहेको थियो, त्यो भन्दा धेरै यही शताब्दीमा भइरहेको छ । जति भइरहेको थियो, त्यो भन्दा धेरै यो शताब्दीमा भइरहेको छ । यस्तो समयमा पनि हामीले हाम्रो सोचलाई परिमार्जित गर्न सकेनौं भने, हामी विधिवादमा अल्झ्यौं भने हाम्रो देश अहिले जुन अवस्थामा छ, अझ बिग्रिँदै जान्छ । त्यसकारण हामीले राज्यको बारेमा, मुलुकको बारेमा सोच्नुपर्छ भन्ने लाग्छ ।
तपाईं पनि जेन–जी पुस्ताकै हाराहारी उमेरको हुनुहुन्छ । यो पुस्ताहरुमा एक खालको हुटहुटी छ । त्यो हुटहुटीलाई ठूला राजनीतिक दलहरुले बुझ्न नसक्दा उनीहरुको मनोभावना अनुसार अगाडि बढ्न नसक्दा, उनीहरुलाई आकर्षित गर्न नसक्दा कतै त्यो पुस्ताको आक्षेप बढी सहनु परेको हो कि भन्ने छ । तपाईँ युवा अझ त्यसमा पनि क्षमता भएको युवा हुनुहुन्छ । त्यो पुस्ताले बढी आक्षेप लगाउने एउटा पार्टीकै भ्रातृ संगठनको अध्यक्ष हुनुहुन्छ । यो पुस्तालाई आकर्षित गर्न, देशमै भविष्य छ है भन्ने विश्वास दिलाउन के गर्नु पर्ला ?
हाम्रो मातृपार्टी नेकपा (एमाले) ले अझ प्रधानमन्त्रीज्युकै पहल कदमीमा ‘पढ्दै कमाउँदै’ भन्ने अत्यन्तै लोकप्रिय अभियान अगाडि सारेको छ । यो अभियानले आज प्राथमिकता पाएको छ वा छैन त्यो फरक विषय होला । तर, यो अभियान कुनै समय लोकप्रिय अभियान बन्नेछ । कुनै बेला ‘आफ्नो गाउँ आफैं बनाऊँ’, सामाजिक सुरक्षा भत्ता जस्ता अभियान लोकप्रिय बनेका थिए । यो अभियान पनि लोकप्रिय अभियान बन्नेछ र यसले युवा र विद्यार्थीहरुलाई आकर्षित गर्छ भन्ने कुराको म विश्वास व्यक्त गर्न चाहन्छु । आज हामीले शिक्षामा समानताको विषयमा वकालत गरिरहेका छौं ।
आज शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा आम सर्वसाधारण र आम नागरिकको पहुँच हुनुपर्छ भनिरहेका छौँ । जसले गर्दा ‘फ्युचर सेक्युरिटी’ पनि हुन्छ । त्यसकारण देशमा बस्न सक्ने वातावरण बन्छ भनेर हामीले एउटा आशावादी कुरा गरिरहेका छौं । यी सबै कुराले युवाहरुलाई आकर्षित गर्न सक्ने पार्टी नेकपा (एमाले) नै बन्छ भन्ने पनि विश्वास दिलाउन चाहन्छु ।
हामीले कहिल्यै पनि निराशा बाँड्दैनौं । हामीले आशावादी बनेर अगाडि बढ्नुपर्छ भने सधैं अभिप्रेरित गर्छौं । हामीले कहिल्यै पनि आलोचनाका कुरा गर्दैनौँ । हामी योजनाका मात्रै कुरा गर्छौ । यी सबै कुराहरुले विद्यार्थीहरुलाई हामी माभ आकर्षित गर्छ भन्ने मलाई लाग्छ ।
हामीले कहिल्यै पनि निराशा बाँड्दैनौं । हामीले आशावादी बनेर अगाडि बढ्नुपर्छ भने सधैं अभिप्रेरित गर्छौं । हामीले कहिल्यै पनि आलोचनाका कुरा गर्दैनौँ । हामी योजनाका मात्रै कुरा गर्छौ । यी सबै कुराहरुले विद्यार्थीहरुलाई हामी माभ आकर्षित गर्छ भन्ने मलाई लाग्छ ।
हाम्रा मुद्दाहरु र हामीसँग भएका सोचले मात्र होइन विद्यार्थीहरुको स्वंय सक्रियताले पनि देश बनाउने हो, देश निर्माण गर्ने हो र राष्ट्रिय शक्तिलाई बलियो बनाउने हो । राष्ट्रिय शक्तिले ‘पोलिटिकल स्ट्याबिलिटी’ दिन्छ । ‘पोलिटिकल स्ट्याबिलिटी’ ले मात्र मुलुक एउटा गतिमा अगाडि बढ्न सक्छ भन्ने कुरा उहाँहरुलाई बुझाउँदैछौं । उहाँहरु बुझ्दै पनि हुनुहुन्छ । समग्रमा भन्दा अब विद्यार्थी र युवाहरुको पार्टी भनेको नेकपा (एमाले) हो भन्ने बनाउनका लागि हामी हरदम तयार तयार छौँ । त्यसैको प्रयासमा निरन्तर निरन्तर छौं ।
युवाहरुको अदम्य आँटले देश बनेका धेरै उदाहरण छन् । तर, यहाँ चाहिँ ठ्याक्कै उल्टो छ । हामीलाई गफ गर्न देऊ, हामीलाई सामाजिक सञ्जालमा एक अर्कालाई आक्षेप लगाउन देऊ । अनि हामी चाहिँ राजनीति गर्छौं भन्ने खालको होडबाजी छ । यस्लाई कसरी लिनुहुन्छ ?
संक्रमणकालीन अवस्था भनेको यहि हो । एउटा व्यवस्था बदलियो, व्यवस्था परिवर्तन भयो । त्यसपछि अझै पनि मान्छेहरु यसरी रमाइरहेका छन् कि अझै पनि केही मानिसहरुको भिड त यो देशमा निरंकुशता लिएर आउनुपर्छ भन्दै पश्चगामी चिन्तन बोकेर हिँडेको छ । दासत्व प्रथा उन्मूलन भएको धेरै भयो । तर, अझै पनि एउटा समूह ‘हामी चाहिँ यो प्रथाबाट उन्मुक्ति पाए पनि हामीलाई यो स्वीकार्य छ’ भन्ने खाले चिन्तनबाट ग्रसित भएको देखिन्छ । यसो भन्नेहरुको चेतनाको स्तर कहाँ छ भन्ने विषयमा धेरै चर्चा गर्नै पर्दैन भन्ने लाग्छ ।
यस्तो पश्चगामी किसिमको सोचहरु लिएर हिँड्छ भने त्यसले उनीहरुलाई अघि बढाउनु त कहाँ–कहाँ । त्यसले समाजको गतिमा पनि केही न केही ब्रेक लगाइरहेको हुन्छ । यस्तो अराजकताले देशलाई हिंसातर्फ लिएर जाने खतरा हुन्छ । राजा त अब प्रधानमन्त्री, राष्ट्रपति राजा जस्तो त हो नि ! तर, के–हो भने जन्मको आधारमा होइन । आम नागरिकको छोरा जुम्लामा जन्मे पनि, रामेछापमा जन्मे पनि ती छोरा अथवा छोरी यो देशको प्रथम महिला अथवा प्रथम पुरुष हुन सक्ने व्यवस्थामा छौँ । तर, एउटा समूह प्रक्रिया र पद्धतिहरुमा नजाने, संघर्ष नगर्ने, ती सबै कुराहरुलाई अवलम्बन नगर्ने अनि केवल नकारात्मक टिप्पणीहरु गरेर वंशवाद नै ठीक थियो, विधिवाद नै ठीक थियो भन्दै गलत सूचनाको सहारा लिएर आज समाजलाई फेरि उल्टो दिशातर्फ लैजाने प्रयास भैरहेको छ । यस्तो हुन नदिनको निम्ति अनेरास्ववियु हरेक ठाउँमा पहरेदार गर्न तयार छ ।
अहिलेको व्यवस्था हाम्रा अग्रजहरुले आफ्नो रगत, प्राण दिएर दिएर ल्याएको हो । यो व्यवस्थाको विरुद्धमा धावा बोल्दै गर्दा हामी निरीह बनेर टुलुटुलु हेरेर बस्न सक्दैनौं । समग्रमा भन्ने हो भने यो व्यवस्थाको विकल्प केही हुन्छ भने यसको अझ उन्नत व्यवस्था मात्र हुन सक्छ । लोकतन्त्रमा पश्चगमनलाई कहिल्यै पनि स्वीकार गर्न सकिँदैन । मतको माध्ययमबाट पात्र बदल्ने हो, व्यवस्था बदल्ने होइन ।
हिजोका केही दरवारियाहरु, जनतालाई शोषण गर्नेहरु उत्पीडनमा राख्नेहरु, जनतालाई हरेक किसिमले अँधेरोमा राख्नेहरु नै आज प्रतिक्रान्तिका नाममा मुख मिठ्याउन खोजिरहेका छन् । अब त्यो सम्भावना छैन, विज्ञानले त्यो मान्दैन । जहाँसम्म लाग्छ युवा विद्यार्थीहरु त्यसमा अल्झिनु भएको छैन । मेरो पनि उहाँहरुलाई सुझाव छ । तपाईँहरु जनताको मत, अभिमतबाट बन्नुस्, सम्मान नै हुनेछ । तर, अहिले जुन सोच राख्नु भएको छ त्यो असान्दर्भिक छ र अवैज्ञानिक छ ।
अब त्यो सम्भावना छैन, विज्ञानले त्यो मान्दैन । जहाँसम्म लाग्छ युवा विद्यार्थीहरु त्यसमा अल्झिनु भएको छैन । मेरो पनि उहाँहरुलाई सुझाव छ । तपाईँहरु जनताको मत, अभिमतबाट बन्नुस्, सम्मान नै हुनेछ । तर, अहिले जुन सोच राख्नु भएको छ त्यो असान्दर्भिक छ र अवैज्ञानिक छ ।
अहिले ठूला राजनीतिक दलबाट हामी वाक्कदिक्क भयौं । अब नयाँ खोज्नुपर्छ भन्ने खालको पनि एउटा सूमह छ । राजा खोज्ने जस्तै नयाँ खोज्नेहरुको पनि माहोल चलिरहेको छ । नयाँ खोज्नेहरुलाई चाहिँ के भन्नुहुन्छ ?
नयाँ चाहिँ लोकतन्त्रमा सामान्य विषय हो । नयाँ दलहरु आउन सक्छन्, उनीहरुले आफ्नो योजना लिएर आउन सक्छन् । तर नयाँ दलबाट देशको विकास हुन्छ, समृद्धि सम्भव छ भन्ने कुरा चाहिँ किन मानिँदैन भने नयाँ बनेका दलहरु अधिकांश पुराना दलहरुका असन्तुष्टहरु गएर बनिरहेको छ । त्यसैले नयाँ दल कसरी बनिरहेको छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ ।
कुनै क्रान्तिबाट कुनै दल बन्न सक्छ । कुनै पनि दलको एउटा ऐतिहासिक विरासत हुन्छ । कुनै पनि दलको एउटा स्पष्ट नीति हुन्छ । एमालेको प्रष्ट नीति छ– ‘जनताको बहुदलीय जनवाद’ । नीति, सिद्धान्त भएको दलमा नागरिकहरु लाग्न सक्नुहुन्छ । आकर्षित हुन सक्नुहुन्छ । त्यसलाई सामान्य रूपमा लिनुपछै । तर, कुनै पनि दलमा लाग्दै गर्दाखेरि त्यो दलमा कस्ता पात्रहरु जोडिनुभएको छ । त्यो महत्वपूर्ण कुरा हो । मनभरी वितृष्णा नै वितृष्णा भएको, ठूला दलबाट असन्तुष्ट भएको, कुनै पार्टीमा वडा सदस्य पनि नपाएर निरास भएर त्यहाँबाट गएको व्यक्तिहरुबाट बनेको त्यसरी गएको दलले त बन्दैन तर फेरि के चाहिँ कस्ता व्यक्तिहरु जम्मा भएर बनेको दलले मुलुक बनाउन सक्दैन ।
विदेश बसेर त्यहाँको शिक्षा र अनुभवबाट शिक्षित भएको वा पद्धति यो हो है भनेर परिवर्तनको हुटहुटी खोजेको हो भने म उहाँहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु कि नेकपा (एमाले) जस्तो राष्ट्रिय शक्तिमा आउनुहोस् । यहाँनेर तपाईंका बौद्धिकताको सम्मान हुनेछ । लोकप्रियतावादी खाले असंगठित शक्तिहरुमा अल्झिएर तपाईं आफ्नो जीवन यत्तिकै व्यतित नगर्नुहोस् । त्यसले कहीँ पनि पुगिदैँन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अरुको आलोचना गरेको भरमा २०–२१ सांसद पाउनु भएको छ । तर, त्यो दलभित्रको हालत के छ ? त्यो दलले यो राष्ट्र बनाउँछ भनेर हामीले मान्दिनुपर्ने ? एमालेमा आज यस्ता अग्रजहरु हुनुहुन्छ जो वर्षौंसम्म सामाजिक रूपमा योगदान गरेर म एक पटक वडा सदस्य बन्छु, म एक पटक वडा अध्यक्ष बन्छु भनेर लाग्नुभएका अग्रज, अभिभावकहरु हुनुहुन्छ । उहाँहरुसँग लोकप्रियतावादीहरुको तुलना गर्न मिल्छ भन्दा मिल्दैन । हो, भनेअनुसार हामीले विकास हासिल गर्न सकेको छैन होला । भनेअनुसार समृद्धि हासिल गर्न सकेका छैनौं होला । तर, विस्तारै मुलुक बन्दैछ, मुुलुकमा केही हुँदैछ । मुलुकमा केपी शर्मा ओलीज्यु प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री भइरहेको बेलामा धेरै राम्रा कामहरु भैरहेका छन् । यो कुरालाई पनि हामीले बारम्बार सम्झाउनुपर्ने, बुझाउनुपर्ने ?
अन्तिममा, तपाईं अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्ष बन्नुभयो । अझ टाउकाहरु गन्ने हो भने तपाईंहरुको कार्यालयको भित्तामा झुण्डिएका २४ भन्दा बढी छन् । तपाईँको कार्यकाल भित्तामा एउटा फोटो थपेर मात्रै सकिन्छ कि केही परिवर्तनको अपेक्षा पनि गरौँ ?
मैले अघि पनि भनें, हामी इतिहास पढ्छौं, इतिहास अध्ययन गर्छौं र इतिहास रच्नको लागि हरदम तयार पनि हुन्छौं । त्यसकारण हामीलाई इतिहास रच्नु छ, प्रयास गर्नुछ, प्रयत्न गर्नुछ । सबै सोचेका कुराहरु पूरा नहुन पनि सक्छन् । तर, त्यसका लागि पहलकदमी निरन्तर गर्छु । म काममा विश्वास गर्छु । अहिले बोल्न भन्दा एक–दुई सालपछि हजुरसँग यसैगरी कुरा गर्दाखेरि ठीक होला कि ?
 
                     
                 
                               
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			