लुका मोड्रिच एसी मिलानमा आवद्ध
मिलान, असार ३१ गते । रियल म्याड्रिडमा सफल १३ वर्ष बिताएपछि यही हप्ता सो क्लबबाट विदा हुने ३९ वर्षीय लुका मोड्रिच मङगलबार इटालीको एसी मिलानमा आवद्ध भएका छन् ।
मोड्रिचले मिलानसँग एक वर्षको सम्झौता गरेको हो । रियल म्याड्रिडमा छँदा मोड्रिचल. कूल २८ उपाधि जितेका थिए । जसमा छ युरोपेली कप, छ क्लब विश्वकप कप, पाँच युरोपेली सुपर कप, चार स्पेनी लिग, दुई कोपा डेल रे ट्रफी र पाँच स्पेनिस सुपर कप रहेका छन् । मोड्रिचले सन् २०१८ को बालन डि ओर जितेका थिए ।
सात पटक युरोपियन च्याम्पियन बनिसकेको एसी मिलान अर्को सत्रमा आप्mनो पुरानो गौरव फर्काउने अभियानमा रहनेछ । गत सत्र एसी मिलान सिरि एमा आठौँ स्थानमा रहेको थियो । एजेन्सी