साफ यु२० महिला च्याम्पियन्सीप
श्रीलङ्काविरुद्ध नेपाल ७–० ले विजयी
काठमाडौँ, ३१ असार । साफ यु२० महिला च्याम्पियन्सीपअन्तर्गत नेपालले श्रीलङ्कालाई ७–० ले हराएको छ ।
वर्षाका कारण बङगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रङगलशालाको मैदान खेल्नका लागि अनुपयुक्त भएपछि खेल सोही रङगशालाको अभ्यास मैदानमा खेलाइएको थियो । यसैगरी सो खेल करीब डेढ घन्टा ढिला सुरु भएको हो ।
नेपालका लागि मिना देउबाले ह्याट्रिक, पूर्णिमा राईले दुई तथा समीक्षा मगर र सरीता कुमारीले एक गोल गर्नुभयो । भुटानविरुद्ध चार गोल गरेकी पूर्णिमाको यस प्रतियोतिगामा गोलसङ्ख्या छ पुगेको छ । यसैगरी बङगलादेशविरुद्ध एक गोल गरेकी मिनाको कूल चार गोल भएको छ ।