नेपाल महिला भलिबलको इतिहासमै पहिलो पटक अक्सन, अक्सनपछि छ टिममा पर्ने खेलाडीको सूची
काठमाडौँ, साउन २ गते । नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीको बोलकबोल (अक्सन) शुक्रबार सम्पन्न भएको छ ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणको अक्सन भएको हो । यसपटक पहिलो पटक नेपालमा महिला भलिबल खेलाडी बोलकबोलमार्फत् विभिन्न टिममा आवद्ध भए । एभरेस्ट महिला लिग भदौ २० सुरु हुँदैछ ।
दोस्रो संस्करणम गत विजेता कर्णाली यश्वीससहित पोखरा निन्जाज, लुम्बिनी लाभाज, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता रहनेछ । गत वर्ष कर्णालीले ललितपुरलाई हराएर पहिलो संस्करणको उपाधि जितेको थियो । लुम्बिनी नयाँ टिम हो । गत वर्ष सामेल चितवनले यसपटक सहभागी भएन ।
अक्सनअघि नै सबै टिमले मार्की खेलाडी चयन गरिसकेका थिए । जसअनुसार मार्की खेलाडीमा गत विजेता कर्णाली यशस्वीजले सुमित्रा रेग्मी मधेशले निरुता ठगुन्ना, पोखराले प्रगति नाथ, ललितपुरले सलिना श्रेष्ठ, काठमाडौँले उषा भण्डारी र लुम्बिनले अरुणा शाहीलाई मार्की खेलाडमिा अनुबन्धित गरेका छन् । मार्की खेलाडी स्वतः ए क्याटोगोरीका खेलाडी मानिएको छ । अक्सनबाट थप ए क्याटगरीको खेलाडी छानिए । यसैगरी बी र सी क्याटगोरीबाट तीन–तीन खेलाडी चयन भए । अक्सनमा कूल ६८ खेलाडी सूचीमा थिए । अब यी टिमले विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।
क्याटगोरी एमा बेस प्राइस एक लाख १५ हजार र उच्चतम मुल्य एक लाख ३२ हजार ५०० रहेको थियो । अक्सनपछि विभिन्न टिममा आवद्ध खेलाडीहरुको सूची तल प्रस्तुत गरिएको छ ।
कर्णाली यश्वीज
मार्की खेलाडी सुमित्रा रेग्मी
ए क्याटगोरीका खेलाडी सोफिया पुन
बी क्याटगोरीका खेलाडी रश्मित दुरा, जश्ना महतो, पुजा थारु
सी क्याटगोरीका खेलाडी नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु ।
ललितपुर क्विन्स
मार्की खेलाडी सलिना श्रेष्ठ
ए क्याटगोरीका खेलाडी संगम महतो
बी क्याटगोरीका खेलाडी लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर
सी क्याटगोरीका खेलाडी निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी ।
मधेश युनाइटेड
मार्की खेलाडी निरुता ठगुन्ना
ए क्याटगोरीका खेलाडी आरती सुवेदी
बी क्याटगोरीका खेलाडी कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट
सी क्याटगोरीका खेलाडी बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।
पोखरा निन्जाज
मार्की खेलाडी प्रगति नाथ
ए क्याटगोरीका खेलाडी पुनम चन्द
बी क्याटगोरीका खेलाडी मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा
सी क्याटगोरीका खेलाडी एन्जिला प्रधान, निशा महरा, भावना तामाङ
काठमाडौं स्पाइकर्स
माकी खेलाडी उषा भण्डारी
ए क्याटगोरीका खेलाडी कबिता भट्ट
बी क्याटगोरीका खेलाडी मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर
सी क्याटगोरीका खेलाड बालिका आचार्य, कमला पुन, आशिका क्षेत्री ।
लुम्बिनी लाभाज
मार्की खेलाडी अरुणा शाही
ए क्याटगोरीका खेलागडी कामना विष्ट
बी क्याटगोरीका खेलाडी एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक
सी क्याटगोरीका खेलाडी रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी ।