आज सुन २४ सयले सस्तियो, चाँदीको भाउ पनि घट्यो

काठमाडाैं, ८ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २,४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको कारोबार मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजो यसको मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर २,३३५ रुपैयाँमा सीमित भएको छ ।