बागमती कांग्रेसमा विद्रोह: मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता सूचीसहित
हेटौंडा, ९ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश सभामा कांग्रेसका कुल ३७ सांसदमध्ये २१ जनाले हस्ताक्षर गरी संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले लामालाई पदबाट हटाएर पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउन माग गरेका छन् ।
असन्तुष्ट पक्षले मुख्यमन्त्री लामामाथि विभिन्न गम्भीर आरोपहरू लगाएका छन् । मुख्यमन्त्री लामाले बजेटको प्रभावकारी कार्यान्वयन गर्न नसकेको । प्रदेशको राजस्व संकलन र सरकारी खर्चको अवस्था निराशाजनक रहेको ।
जनताले अनुभूति गर्ने गरी ठोस सेवा प्रवाह गर्न नसकेको । पार्टी र सरकारबीच समन्वय कायम गर्न नसकेकोलगाएतका छन् ।
सूचीसहित