नेपालका पूर्व राष्ट्रिय टेटे च्याम्पियन सुवाल एनआरएनए अस्ट्रेलियाको सदस्यमा चयन

काठमाडौँ, ११ साउन । नेपाली टेबलटेनिसका पूर्व नम्बर एक अजय सुवाल गैर आवासीय नेपाली संघ (एनआरएनए) आइतबर अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन् । अजयले टिम समावेशीबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए । उनी ९३० मत प्राप्त गरेर विजयी भएका हुन् ।पश्चिम अष्ट्रेलियाको युवा सदस्यमा चुनिएका अजयको कार्यकाल दुई वर्षको रहनेछ ।

अजय नेपालका लाग अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हुन् । पूर्व राष्ट्रिय च्याम्पियन अजयले दक्षिण एसियाली खेलकुद (साग) कास्य पदक जितेका थिए । अजयले दुई पटक वल्र्ड च्याम्पियनसीप, दुई पटकएसियन गेम र युएस ओपनमा पनि नेपालको प्रतिनिधित्व गरेका छन् ।

अजय सन् २०१५ मा अस्ट्रेलिया पुगेका हुन् । उनी हाल पश्चिम अस्ट्रेलियामा टेबलटेनिस स्टेट प्रशिक्षकको भूमिकामा छन् ।