कल्याण ए ग्रेडमा कबड्डी प्रशिक्षण कोर्स पूरा गर्ने पहिलो नेपाली

काठमाडौँ, १३ साउन । कबड्डी खेलाडी कल्याण भुजेलले एनआइएस कबड्डी कोर्स ए ग्रेडमा उत्तीर्ण गरेका छन् ।

कल्याणले भारतको बेङगलोरमा भएको छ हप्ताको कबड्डी प्रशिक्षक तालिम पूरा गरेका हुन् । कल्याणले कबड्डी प्रशिक्षक ए ग्रेडमा कोर्स पूरा गर्ने आफू पहिलो नेपाली भएको दावी गरेका छन् । उनी भन्छन्– विगतमा धेरै नेपालीले यो प्रशिक्षक कोर्स पूरा गरिसके तर अहिलेसम्म कसैले ए ग्रेडमा उत्तीर्ण गरेका छैनन् ।

कल्याण कबड्डीमा एक दशकभन्दा बढी समयदेखि निरन्तर लागेका खेलाडी हुन् । नेपालमा भएको फ्रेञ्चाइ कबड्डी लिग (एनकेएल)मा विराटनगर ब्यान्डिट्सले कल्याणलाई एक लाख रुपियाँमा मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको थियो । सो प्रतियोगितामा ३३ वर्षीय कल्याणको नेतृत्व र खेलको राम्रो चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *