थापाको खेलाडी पुस्तक विमोचन
काठमाडौं । वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी ः संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्वपूर्ण दस्तावेजका रुपमा पनि रहने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रुपमा संग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरु धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताए । उनले खेलाडीका संघर्ष र सफलताका कथाहरु लगातार लेखिनुपर्नेमा जोड दिए ।
पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए ।
नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संग्रहित छन् । पुस्तक २६० पृष्ठको छ