सिन्धुलीका युवकको मिर्गौला निकालेको आरोपमा एकजना पक्राउ

काठमाडौं, २२ साउन । सिन्धुलीका एक युवकलाई भारतमा लगेर मिर्गौला निकालेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नुवाकोटका समिर परियारलाई काठमाडौंबाट पक्राउ गरेको हो।

ब्यूरोका प्रमुख कृष्ण पंगेनीका अनुसार पक्राउ परेका परियारमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१ निवासी खिलबहादुर भुजेललाई राम्रो काममा लगाइदिने प्रलोभन देखाई पोखराबाट भारत लगिएको थियो। त्यहाँ उनलाई बन्धक बनाएर मानव तस्करको गिरोहले उनको मिर्गौला झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ब्यूरोले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *