पूर्वमुख्यसचिव एकनारायण अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

काठमाडौँ, ११ मङ्सिर । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा लगिएको हो।

सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा भएपछि उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *