स्रोत नखुलेको १६ लाख रुपैयाँ र युआनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं, ११ मङ्सिर । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको नेपाली रुपैयाँ र चिनियाँ युआनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित पक्राउ गरेको हो ।

कोदारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौं आउँदै गरेको बा ५३ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *