खोखो टिम र रविन्द्रलाई कामनपाद्वारा नगदसहित सम्मान

काठमाडौँ, २७ साउन गते । काठमाडौं महानगरपालिकाले मङगलबार नेपालको राष्ट्रिय पुरुष र महिला खोखो टिम तथा एमएमए फाइटर रविन्द्र ढाँटलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
काठमाडौँ महानगरपालिकाले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख गरी जम्मा २२ लाख रुपियाँको चेकसहित सम्मान गरेको हो । यसैगरी म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई दुई लाख रुपियाँले पुरस्कृत गर्यो ।
यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।