मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक
काठमाडौँ, २९ साउन । सरकारले साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले गरेका १८ वटा निर्णयबारे जानकारी दिनुभएको हो ।
बैठकले राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक नियुक्त गर्ने तथा सार्वजनिक खरिद ऐनमा रहेको बाधा अड्काउ फुकाउने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
यस्ता छन् प्रमुख निर्णयहरू: